PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

सिमरनमा 'हिरो' कंगना रनावत, समीक्षकले दिए साथ



पहिलोपोस्ट

सिमरनमा 'हिरो' कंगना रनावत, समीक्षकले दिए साथ

बलिउडमा आज रिलिज भएको फिल्म सिमरनले समीक्षकहरुको साथ पाएको छ। कंगना रनावतको लिड रोल रहेको फिल्मलाई समीक्षकहरुले राम्रो बताएका छन्। यद्यपि बक्स अफिसमा कंगनाको जादु कति चल्छ भन्न सकिन्न। हृतीक रोशन र आदित्य पञ्चोलीविरुद्धका अन्तर्वार्ताले बलिउडमा बोल्ड अवतार धारण गरिरहेको कंगनाको फिल्मको विशेषता भनेकै उनको लिड रोल हुने गर्छ।

कंगनाको सिमरनले अमेरिकामा रहेकी एक भारतीय महिलाको स्टोरी बताउँछ। जुवाडे महिलाको कथामा बनेको फिल्म हंसल मेहताले निर्देशन गरेका हुन्। टाइम्स अफ इन्डियाले सिमरनलाई वर्णविभेदमाथि बनेको बलियो फिल्म भनेको छ र कंगनाको भूमिकालाई उत्कृष्ट मानेको छ। समीक्षमा फिल्मलाई ३.५ स्टार दिइएको छ। कंगना फिल्ममा हिरो रहेको बताउँदै टाइम्सअफ इन्डियाले बलिउडमा कंगना वादशाह बनेको उल्लेख छ।

हिन्दुस्तान टाइम्सले पनि सिमरनको तारिफ गरेको छ। अमेरिमा बस्ने गुजराती मुलकी युवतीको मनमोजी कथाकी नायक कंगनाको अभिनयको तारिफ गर्दै लेखिएको छ – उनी आफ्नो पुरानतवादी परिवारलाई छोड्न र स्वतन्त्रताको अनुभूति गर्न धैर्य गर्दिनन्। 

कमर्सियल फिल्मको सबैभन्दा धेरै प्रवर्द्धन गर्ने बलिउड हंगामाले सिमरनलाई ३ स्टार दिएको छ। बलिउड हंगामाले भारतीय फिल्ममा युरोपियन टच भएको भन्दै प्रशंसा गरेको छ।

तर, तरण आदर्शले भने दुई स्टार दिँदै निराशाजनक भनेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell