PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

७० प्रतिशत अल्बानियालीको बुझाइमा अदालत भ्रष्टाचारी संस्था



पहिलोपोस्ट

७० प्रतिशत अल्बानियालीको बुझाइमा अदालत भ्रष्टाचारी संस्था
फोटो श्रोतः tiranaecho.com

अल्बानीयाः अल्बानीयाका झण्डै ७० प्रतिशत जनताले अदालत धेरै भ्रष्टाचार हुने संस्थाका रूपमा बुझ्ने गरेको पाइएको छ। 

अल्बानियाली ‘इन्स्टिच्युट अफ डेमोक्रेसी एण्ड मेडिएसन’ (आइडीएम)ले गरेको सर्वेक्षणको बिहीबार सार्वजनिक भएको प्रतिवेदनमा यस्तो तथ्य उल्लेख गरिएको छ। 

अदालतपछि बढी भ्रष्टाचार गर्नेमा संसद परेको छ। झण्डै ६८ प्रतिशत जनताले संसदमा पनि भ्रष्टाचार हुने गरेको बताएका छन्। 

सर्वेक्षण प्रतिवेदनका अनुसार न्यायीक गतिविधिका क्रममा ६८ प्रतिशतले, भन्सारका कर्मचारीमध्ये ६६ प्रतिशतले र स्वास्थ्य संस्थाका ६१ प्रतिशतले भ्रष्टाचार गर्ने गरेका छन्। 

उनीहरूको तुलनामा संचार माध्यम र गैरसरकारी संस्थाले निकै कम भ्रष्टाचार गर्ने गरेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell