PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

बुद्ध एयरले सुरु गर्‍यो पोखरा–भरतपुर–भैरहवा उडान



पहिलोपोस्ट

बुद्ध एयरले सुरु गर्‍यो पोखरा–भरतपुर–भैरहवा उडान

पोखरा :  बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान सुरु गरेको छ। 

आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान सुरु गरेको बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए। 

त्यस्तै, ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको थियो। १९ सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने बरालले बताए। 

पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा तीनहजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ। त्यस्तै, पोखराबाट भैरहवाका लागि नेपालीलाई चार हजार २०० र विदेशीका लागि ९७ डलर कायम गरिएको छ। 

यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell