
पर्सा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताले नै राष्ट्रलाई बलियो र विकसित बनाउने बताएका छन्।
पर्साको पोखरिया नगरपालिकाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले हिमाल, पहाड र तराईको एकताले नै समृद्धिमा ठूलो भूमिका खेल्ने बताए।
पौडेलले उग्र पहाडवाद र मधेसवादको नारा लगाएर राष्ट्रलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउँदै जनताकाे हितमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।
‘कांग्रेसकै नेतृत्वमा आयाे संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधा, काँग्रेसकै नेतृत्वमा बघि बढ्छ समृद्धिको अभियान’ भन्ने नारा लगाउँदै देशको विकासमा नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताए। रासस