PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

निर्वाचन आयुक्तहरू र राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त बीच भेट



पहिलोपोस्ट

निर्वाचन आयुक्तहरू र राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त बीच भेट


काठमाडौं : निर्वाचन आयोगका निर्वाचन आयुक्तहरू इला शर्मा र इश्वरी प्रसाद पौड्यालसँग राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी निर्वाचन कार्यलयमा भेट गरेका छन्।

भेटका अवसरमा असोज २ गते हुन लागेको प्रदेश २ को स्थानीय तहको निर्वाचन तयारी र निर्वाचन सञ्चालनका क्रममा मानव अधिकारको उल्लंघन हुन नदिन छलफल भयो। निर्वाचन आयोगले गरेको प्रयास तथा निर्वाचनमा मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा विषयमा छलफल भएको थियो। 

राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त अन्सारीले निर्वाचनको क्रममा बालबालिकाको प्रयोग रोक्न निर्वाचन आयोगले गरेको प्रयास स्मरण गरेका छन्। सरकारी वा गैरसरकारी संघ संगठनहरू मानव अधिकारको रक्षाको लागि कार्य प्रतिबद्ध रहनु पर्ने आवश्यकता औंलाउनुभएको थियो । 

मानव अधिकार आयोगबाट निर्वाचनमा मानव अधिकारको सम्मान गर्ने सम्बन्धमा भएका प्रयासले निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सञ्चालन गर्न मद्दत पुर्‍योएको बताउनुभयो ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell