PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

स्वाइनफ्लुबाट काभ्रेमा एक जनाको मृत्यु, सतर्कता अपनाउन चिकित्सकको सुझाव



पहिलोपोस्ट

स्वाइनफ्लुबाट काभ्रेमा एक जनाको मृत्यु, सतर्कता अपनाउन चिकित्सकको सुझाव

धुलिखेल :  स्वाइनफ्लुको संक्रमणबाट काभ्रेमा आज एक जनाको मृत्यु भएको छ। 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो। 

केही दिनअघि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केलगतै बिरामी भएर नेवालाई अस्पताल भर्ना गरिएको थियो ।
 
उनको मृत्यु भएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले भने मृतकको घर नजिकका समुदायमा सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन गरेको कार्यालयका प्रमुख सापकोटाले जानकारी दिए। 

‘हामीले थप संक्रमण फैलिन नदिनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य अधिकृत विज्ञान लामाको नेतृत्वमा तीन जनाको टोली खटाएका छौं’ सापकोटाले भने,‘टोलीले त्यहाँका अन्य घरमा मानिस बिरामी छन् कि छैनन्, अस्पतालमा अरु कतै भर्ना भएका छन् कि छैनन् भन्ने जानकारी समेत लिनेछन्।’

साथै टोलीले त्यहाँका मानिसमा रगत परीक्षणलगायका स्वास्थ्य परीक्षणको कामसमेत गर्ने उनले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell