PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

कलैया पुगेर प्रधानमन्त्रीले भने– ढिलै भए पनि संविधान संशोधन गरेरै छाड्छौं 



पहिलोपोस्ट

कलैया पुगेर प्रधानमन्त्रीले भने– ढिलै भए पनि संविधान संशोधन गरेरै छाड्छौं 

कलैया : प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन्। 

बाराको सदरमुकाम कलैयामा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ढिलै भएपनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधन गरेरै छाड्ने बताए।

प्रधानमन्त्रीले एमाले पार्टी मुलुकमा विखण्डन ल्याउन खोजेको मधेशका जनताले बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। 

पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन नसक्ने भन्दै प्रधानमन्त्रीले एमालेलाई हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्न आग्रह गरे।

वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईको भूमिमा नै रामनारायण मिश्र, शेख इद्रिश, भागवत् यादव, थिरबम मल्ल जस्ता योद्धा जन्मेको र कांग्रेसका लागि निकै ठूलो योग्दान गरेको स्मरण गर्दै तराई–मधेसको विकास र समृद्धिका लागि उनीहरुले देखेको सपना कांग्रेसले पूरा गराएरै छाड्ने प्रतिबद्धता जनाए। 

स्थानीय तहको निर्वाचनपछि संविधान कार्यन्वयनमा टेवा पुग्ने तथा प्रदेश र संसदको चुनावपछि मधेशमा विकासको क्रान्ति ल्याउने बताउँदै पौडेलले अगामी प्रदेश र संसदको चुनावमा काँग्रेसलाई दुई तिहाइ मतबाट विजयी गराउन सबैलाई आग्रह गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell