PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

आचारसंहिता उल्लङ्घन उम्मेद्वारलार्इ २४ घण्टामा स्पष्टीकरण बुझाउन निर्देशन



पहिलोपोस्ट

आचारसंहिता उल्लङ्घन उम्मेद्वारलार्इ २४ घण्टामा स्पष्टीकरण बुझाउन निर्देशन

काठमाडाैं : असोज २ गते हुन लागेको प्रदेश नं. २ को तेस्रो चरणको निर्वाचनमा आचारसंहिता उल्लघन गरेको आरोपमा माअाेवादी केन्द्रकाे विनोदप्रसाद जैसवाल र एमालेकाे कृष्ण पौडेलसँग निर्वाचना आयोगले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ।

आयोगले आचारसंहिता उल्लङ्घन गर्नेकाे उम्मेद्वारी रद्द गर्न नपर्ने भए २४ घण्टामा स्पष्टीकरण बुझाउन निर्देशन दिएकाे हो।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयाेधीप्रसाद यादवको नेतृत्वमा रहेको अनुगमन टोलीले बारा जिल्लाको पर्सौनी गाउँपालीकाको माअाेवादी केन्द्रकाे अध्यक्ष पदका उम्मेद्वार जैसवाल र जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख पदका एमालेकाे उम्मेद्वार पौडेलसँग स्पष्टीकरण मागेकाे हाे।

उनीहरुले पार्टीको चुनाव चिह्न भएको टि सर्ट, भेष्ट, टोपी, गम्छा बाँडेकाे, आवश्यकभन्दा ठुलो आकारमा रहेको पार्टीको झण्डाको प्रयोग गरी मोटरसाइकल र्‍याली निकालेका थिए। सो कार्यले आचारसंहिताको उल्लघन गरेको भन्दै स्पष्टीकरण दिन आदेश गरेको हो  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell