PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

गोहीको आक्रमणबाट मारिएका बेलायती पत्रकारको भेटियो शव



पहिलोपोस्ट

गोहीको आक्रमणबाट मारिएका बेलायती पत्रकारको भेटियो शव
फोटो श्रोतः .hindustantimes.com

 कोलोम्बोः श्रीलङ्काको प्रहरीले गोहीको आक्रमणबाट मारिएका बेलायती पत्रकारको शव फेला पारेको छ।

राजधानी कोलोम्बोबाट ३६० किलोमिटर पूर्वमा पर्ने तटीय सहर पानामामा बेलायती पत्रकार पाउल म्याक्लिनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले एएफपीलाई दिएको जानकारी अनुसार पत्रकार पाउल म्याक्लिनको खुट्टामा पाँच÷छ ठाउँमा चोट लागेको थियो। 

गोहीले बिहीबार अपराह्न नै म्याक्लिनलाई आक्रमण गरी मारेको तर उनको शव शुक्रबार मात्र फेला परेको हो। 

पोस्टमार्टमपछि मात्र ती पत्रकारको मृत्यु गोहीको आक्रमणबाट भएको कारण पत्ता लागेको बताइएको छ। 

म्याक्लिन द फिनान्सिएल नामक पत्रिकामा कार्यरत थिए। उनी विदा मनाउनका लागि साथीहरुसँग श्रीलङ्कका पुगेका थिए। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell