
बाग्दाद : इराकको दक्षिणी प्रान्तमा भएकाे कार बम आक्रमण र गोली प्रहारमा पर्दा कम्तीमा ८३ जनाको मृत्यु भएको छ भने कम्तीमा ९३ जना घाइते भएका छन्।
घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको प्रान्तीय स्वास्थ्य विभागका प्रमुख जसिम अल खालेदीले बताएका छन्।
इराकको राजधानी बग्दादबाट ३७५ किलोमिटर दक्षिणमा पर्ने नस्रियाहको पश्चिमी क्षेत्र फदाकमा रहेको रेष्टुरेन्ट र त्यसको वरपर कारबम आक्रमण भएको जनाइएको छ।
आक्रमणकारीहरुसँग इराकी सुरक्षाबलको पनि झडप भएको बताइएको छस आक्रमणको इस्लामिक स्टेट्स आतङ्ककारी समूहले जिम्मा लिएको छ।
आइएसले यसअघि पनि सो क्षेत्रमा बारम्बार हमलाको चेतावनी दिने गरेका थियो । रासस/सिन्ह्वा