PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

राष्ट्रपतिले भनिन्–महिला अगाडि बढ्न आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्छ



पहिलोपोस्ट

राष्ट्रपतिले भनिन्–महिला अगाडि बढ्न आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्छ

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिएकी छन्। 

पत्रकार मञ्जु कार्कीद्वारा निर्माण गरिएको ‘नेपाली महिलाको संघर्ष र सफलता’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने बताइन्।

राष्ट्रपति भण्डारीले छोरा र छोरीबीच कत्ति पनि विभेद नगरी समान शिक्षा र व्यवहार गर्नसमेत अपिल गरिन्। 

विभिन्न चरणमा भएका संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि प्राप्तिका लागि महिलाले संयुक्तरूपमा संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागि भएका ऐन/कानूनको कार्यान्वयनसँगै नयाँ कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। 

सभामुख ओनसरी घर्तीले महिला, दलित तथा अन्य उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि पनि समयभित्रै संविधान कार्यान्वयन गर्नु पर्ने भएकाले त्यसतर्फ केन्द्रीत हुन आग्रह गरिन्। 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महिलाको नीति निर्माण तहमा सहभागिताका लागि स्थानीयस्तरबाटै सुरू गर्नुपर्ने बताइन्।

वृत्तचित्रमा नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती, निवर्तमान प्रधानन्यायाधीश सुशील कार्कीलगायत संघर्षबाट स्थापित विभिन्न व्यक्तिको व्यक्तित्व, संघर्ष र सफलतालाई समेटिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell