PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

ईश्वर पोखरेलले भने–कांग्रेस र माओवादीले जतिसुकै बल गरुन् तर पहिलो हुने एमाले नै हो



पहिलोपोस्ट

ईश्वर पोखरेलले भने–कांग्रेस र माओवादीले जतिसुकै बल गरुन् तर पहिलो हुने एमाले नै हो

लहान :  नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशमा पनि आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। 

सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतका दलले जतिसुकै बल गरे पनि एमालेलाई २ नं प्रदेशमा पनि एक नम्बर पार्टी बन्नबाट रोक्न नसक्ने बताए।

महासचिव पोखरेलले पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा जस्तै २ नं प्रदेशमा पनि एमालेप्रति जनलहर छाएको भन्दै एमालेलाई यहाँका जनताले अत्याधिक मत दिएर पहिलो शक्ति बनाउने दाबी गरे।

महासचिव पोखरेलले केही राजनीतिक दलले तराई र पहाडको बीचमा भावनात्मक दूरी बढाउने कोशिस गरिरहेको आरोप लगाउँदै मधेश र पहाडका जनताबीच बढ्दै गएको दूरीलाई कम गर्न र एकापसमा जोड्न आफ्नो पार्टी अघि बढेको बताए। 

एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले कांग्रेस, माओवादीको चुनावी एजेण्डालाई पहिलो र दोस्रो चरणमा निर्वाचन भएका प्रदेशका जनताले अस्वीकृत गरिसकेकाले २ नं प्रदेशका जनताले पनि उनीहरुको एजेण्डालाई अस्वीकृत गरी एमालेलाई जिताउने दाबी गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell