PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

यसरी फर्किइन् पाँच वर्षदेखि सम्पर्कविहीन डोल्मा घर, खुसीयालीमा परिवारले भोज गर्ने



पहिलोपोस्ट

यसरी फर्किइन् पाँच वर्षदेखि सम्पर्कविहीन डोल्मा घर, खुसीयालीमा परिवारले भोज गर्ने

  • किरण भट्टराई 
काठमाडौँ :  वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएपछि पाँच वर्षदेखि सम्पर्कविहीन सिन्धुपाल्चोककी डोल्मा तामाङ नेपाल आइपुगेकी छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका, कुभिण्डेकी डोल्मा २०६८ मा कुवेत गएकामा पाँच वर्षदेखि परिवारको सम्पर्कमा थिइनन्।

उनी परिवारको सम्पर्कमा नआएकोबारे भदौ २१ गते विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए। स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै उनलाई कुवेत पुर्याएको थियो।

डोल्मा आज घर आइपुगेको जानकारी दिँदै आमा छेकुले पाँच वर्षपछि आफ्नो खुसी फर्किएको प्रतिक्रिया दिइन्।छेकुले टेलिफोनमा भनि,‘आजबाट रात पनि दिनजस्तै उज्यालो हुन्छ जस्तो लागेको छ।’

 पाँच वर्ष सम्पर्कमा नआएपछि छोरीसँग भेट हुने आशा मरिसके पनि एक्कासी आज भेट हुँदा खुप्किो सीमा नरहेको उनले बताइन्। 

छोरी भेटिएको खुसीमा शनिबार घरमा भोज गर्ने योजनासमेत रहेको उनले बताइन्। 

गएको एक वर्षसम्म फोन सम्पर्कमै रहेकी छोरीसँग एक्कासी पाँच वर्षअघिदेखि फोन सम्पर्क छुटेपछिका धेरै दिन आमाले रोएरै दिनरात विताएकी थिइन्। उनले भनिन्,‘छोरीले जेल परेको थिएँ, तीन दिनअघि प्लेनमा राखेर नेपाल पठाइदिए भन्छे, के के भयो अब सोध्दै गर्नुपर्ला, छोरी फर्की, त्यही हाम्रा लागि खुसीको कुरा हो।’

डोल्मा कुवेत जाँदा १७ वर्षकी मात्रै भएपनि नागरिकतामा उमेर बढाएर घरका सदस्यले पठाएका थिए। 

त्यसबेला ४५ हजार रुपैयाँ खर्च गरेर तामाङ कुवेत गएकी थिइन्। सिन्धुपाल्चोक, पाँचखर्कका कर्मा लामा र बतासेका प्रकाश लामाले  डोल्मालाई कुवेत पठाउन भूमिका खेलेका थिए।

डोल्मा त्यतिबेला कक्षा ६ मा पढ्दै थिइन्। छेकुका एक छोरी डोल्मा र दुई छोरा छन्। छोरामध्ये एक कक्षा १० र अर्को कक्षा ८ मा पढ्दै गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell