PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जिल्ला प्रशासन कार्यालय कास्कीमा विचौलिया प्रवेशमा प्रतिवन्ध, पाँच पक्राउ



नरहरि पौड्याल

जिल्ला प्रशासन कार्यालय कास्कीमा विचौलिया प्रवेशमा प्रतिवन्ध, पाँच पक्राउ

पोखराः सरकारी कार्यालयहरुमा बेचौलियाको दबदवा बढेको जनगुनासो बढेको बेला जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबारदेखि विचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको छ।

शुक्रबार कार्यालय परिसरवाट ५ जना विचौलियालाई पक्राउ गरेर कागज गराई छाडिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए।

कुनैपनि बहानामा सेवाग्राहीहरुको कागाजातको नाममा कार्यालय हाताभित्र विचौलिया पसेको फेलापारे कडा कारवाही गर्ने उनले बताए। 

सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले स्थानीय तह र अन्य निकायबाट सिफारिस भएर आएका सेवाग्राहीले निवेदनसमेत लेख्न नपर्ने व्यवस्था गरिएको प्रजिअ अधिकारीले बताए।

‘सेवाग्राहीलाई सहज र सरल सेवा दिन निवेदन लेख्न नपर्ने व्यवस्था मिलाएछौं तर विचौलिया र लेखापढी व्यवसायीहरुले निवेदन लेख्नु पर्ने भन्दै नागरिकलाई दुःख दिएको कारण उनीहरुलाई प्रवेश निषेध गरिएको हो’उनले भने।

कार्यालयले दिने सम्पूर्ण सेवा प्रक्रियाका बारेमा जानकारी दिन र उत्तरदायी एवं जिम्मेवार प्रशासन बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीको आफ्नै मोवाईल एप्ससमेत बनाएको छ।

मोवाईल एप्समा कार्यालयबाट प्रदान गरिने सेवा, आवश्यक कागजपत्रलगायतका महत्वपूर्ण सूचनाहरु राखिएको उनले बताए। 

जिल्ला प्रशासन कार्यालय कास्कीले अब छिट्टै कार्यालय भित्रै वैंङक राख्ने र सम्पूर्ण आर्थिक कारोवार बैंकमार्फत गर्ने तयारी थालेको छ।

कार्यालयले सहायता कक्ष व्यवस्थित गरी ज्येष्ठ नागरिक, अपाङग, अशक्त र विपन्नहरुको काम छिटोछरितो गर्न आवश्यक व्यवस्थासमेत मिलाईएको उनले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell