PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

नयाँ युवराजको आलोचना गर्दा सुरक्षाकर्मीको धरपकड



पहिलोपोस्ट

नयाँ युवराजको आलोचना गर्दा सुरक्षाकर्मीको धरपकड

बेरुत : नयाँ युवराज मोहम्मद विन सलमानको विरुद्ध आवाज उठाउनेलाई साउदी अरेबियाले धरपकड गर्न थालेको छ। गत सातामात्र १६ जनालाई यसरी समातिएको जनाइएको छ। समातिनेमा धर्मगुरु, प्राज्ञिक व्यक्तित्व, कवि, अर्थशास्त्रीमात्र होइन पूर्व राजाका छोरासमेत परेका छन्।

समातिएकामध्ये कतिपयलाई उनीहरुलाई घरबाटै कुनै जानकारी नदिइ सुरक्षा निकायले लिएर गएको छ। सँगै उनीहरुका कम्प्युटर, मोबाइल फोन र निजी कागजपत्रसमेत जफत गरिएको समातिएका मानिसका आफन्तहरुले जानकारी दिएका छन्। उनीहरुलाई सम्पर्क गर्न नसकिने ठाउँमा राखिएको छ। यद्यपि उनीहरुमाथि कुनखाले मुद्दा लगाइएको भन्ने यकिन हुन सकेको छैन।

साउदी अभियन्ताहरुले ३० या त्योभन्दा बढी मानिस यसरी हिरासतमा परेको सर्कुलेट गरेका छन्। समातिनेका परिवारमात्र होइन सम्भावित त्रासले कोही पनि बोल्न तयार छैनन्।

'यो दुखद् हो,' अमेरिकामा रहँदै आएका पुराना पत्रकार जमाल खासोगीले भने। उनी साउदी फर्केमा पक्राउ पर्ने डरले अमेरिकामै बसेका छन्। 'यसमा कुनै कन्सपिरेसी छैन। समात्नुपर्ने कारण पनि खासै छैन। उनीहरुको कुनै राजनीतिक आवद्धता पनि छैन,' उनले भने, 'उनीहरुले आ आफ्नै दृष्टिकोणमात्र राखेका थिए।'

यसबारे साउदी अधिकारीले कुनै प्रतिक्रिया दिएनन्। 

विश्वमा थोरैमात्र राजतन्त्र टिकेको समयमा यस्तो विषय सार्वजनिक भएको हो। तेलको मूल्यमा आएको गिरावटले अर्थतन्त्रलाई पहिलेको तुलनामा कमजोर बनाइरहेकाले पनि यस्ता गतिविधिमाथि धेरैको निगरानी छ। 

३२ वर्षका साउदी युवरालाई पदको आकांक्षीका रुपमा धेरैले चिनेका छन्। उनले परम्पार मिचेर अधिकार लिन खोजेको आरोप पनि छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell