PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भरतपुर महानगरको कार्यपालिकामा एमालेको बहुमत



राजेन्द्र आचार्य

भरतपुर महानगरको कार्यपालिकामा एमालेको बहुमत
फाइल फोटो

चितवन :भरतपुर महानगरपालिकाको नगर कार्यपालिकाको शुक्रबार भएको निर्वाचनमा एमालेले बहुमत ल्याएको छ। तीन जना दलित अल्पसंख्यकमा एमालेका उम्मेदवारले जित हासिल गरेका छन्। एमालेबाट उम्मेदवार भएका चक्र रुचाल, टेकलाल विक सुनार र मनबहादुर विक विजयी भएका हुन्।

त्यस्तै, पाँच जना महिला सदस्यको निर्वाचन भएकोमा एमालेबाट तीन र कांग्रेसबाट दुई जना विजयी भएका छन्  नगर कार्यपालिकाको महिला सदस्यमा एमालेबाट धनकुमारी विश्वकर्मा, पार्वती विश्वकर्मा र बीना गुरुङ विजयी भएका छन्। त्यस्तै नेपाली कांग्रेसबाट गीताकुमारी शर्मा र पवित्रा केसी विजयी भएका छन्।

३९ सदस्यीय नगर कार्यपालिकामा एमालेका तर्फबाट २० जना र कांग्रेस माओवादी गठबन्धनबाट १९ जना मात्रै भएका छन्। नगर कार्यपालिकामा मेयर, उपमेयर पदेन रहनेछन् भने कार्यपालिका सदस्यमा २९ जना वडा अध्यक्ष, दलित तथा अल्पसंख्यकबाट तीन जना र निर्वाचित महिला सदस्यबाट पाँच जना गरि ३९ जनाको नगर कार्यपालिका बनेको छ।

नगर कार्यपालिकाको निर्वाचनमा भरतपुरको एक सय ४७ जना जनप्रतिनिधिले मतदान गरेका चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell