PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

ओलीले भने -मेराविरुद्ध झूठ प्रचारको मधेशमा जेहाद नै छेडिएको छ



पहिलोपोस्ट

ओलीले भने -मेराविरुद्ध झूठ प्रचारको मधेशमा जेहाद नै छेडिएको छ

बर्दिवास :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिको नेतृत्व आफ्नो पार्टीको इच्छा रहेको बताएका छन् । 

महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले शुक्रबार साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समृद्धिको नेतृत्व एमालेबाहेक अरू कसैले गर्न नसक्ने ठोकुवा गरे। उनले विकासका नयाँ योजना बनाउन फेरि एमाले नै सरकारमा पुग्नुपर्ने बताए। 

एक वर्षअघि आफू प्रधानमन्त्री छँदा बजेट नै विनियोजन गरिएका मधेशका विकास योजना आफ्नो सरकार ढालिएसँगै ढलेको ओलीको भनाइ थियो। 

मधेशमा एमाले र आफूविरुद्ध भ्रम फैलाएर केही शक्ति दुनो सोझ्याउन लागि परे पनि मधेशी जनताले भ्रम फैलाउनेको खेल बुझिसकेको अध्यक्ष ओलीले बताए। “मेराविरुद्ध झूठ प्रचारको मधेशमा जेहाद नै छेडिएको छ”, ओलीले भने, “तर मधेश र मधेशीको समृद्धिका लागि एमालेबाहेक कसैले चूँसम्म बोलेका छैनन्।” रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell