PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कानुन मन्त्री थापाले भने -ढुक्क हुनुस् कानुनको अभावमा कुनै निर्वाचन रोकिँदैन 



पहिलोपोस्ट

कानुन मन्त्री थापाले भने -ढुक्क हुनुस् कानुनको अभावमा कुनै निर्वाचन रोकिँदैन 

पोखरा :  कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कानुनको  अभावमा कुनै निर्वाचन नरोकिने बताएका छन्। 

रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको शुक्रबार लेखनाथमा उद्घाटन गर्दै मन्त्री थापाले निर्वाचनसम्बन्धी धेरै कानून बनिसकेका र बाँकी रहेका कानुन पनि निर्माणको प्रक्रियामा रहेको जानकारी दिए। 

यो वर्ष निर्वाचन र कानुन निर्माणको वर्ष भएको उल्लेख गर्दै मन्त्री थापाले तीन तहकै निर्वाचन सम्पन्न भएपछि संविधान पूर्णरुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे। 

स्थानीय तहका दुई चरणका निर्वाचनमा कसले जित्यो र को हार्यो भन्ने गौण कुरा हो भन्दै उनले दुई दशकदेखि जनप्रतिनिधिविहीन रहेको स्थानीय तहले जनप्रतिनिधि पाएका छन् अब मुलुकमा आर्थिक समृद्धि र विकासको गति अघि बढ्ने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell