PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

जङ्गी अड्डा परिसरमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण, प्रधानसेनापति  क्षत्रीले गरे उद्घाटन



पहिलोपोस्ट

जङ्गी अड्डा परिसरमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण, प्रधानसेनापति  क्षत्रीले गरे उद्घाटन

काठमाडौँ :  प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डा परिसरमा इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्यारापिटसहित पुनर्निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको खेल मैदानको शुक्रबार उद्घाटन गरेका छन्। 

खेल मैदानको खेल्ने भाग १०५ मिटर/६८ मिटर रहेको छ । इपिडियम सेन्थेटिक रबर प्रयोग गरिएको आठलेन भएको एथलेटिक्स ट्रयाकमा १०० मिटर दौड र ११० मिटर हडल्सका लागि थप २ लेन रहेको छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको फुटबल, एथलेटिक्स, हाइजम्प, पोलभर्ट, लङजम्प, ट्रिपलजम्प, ज्याभ्लिन थ्रो, सटपुट, डिसकस थ्रो, ह्यामर थ्रोको अतिरिक्त स्टिपल चेसलगायत खेल उक्त मैदानमा सञ्चालन गर्न सकिनेछ।

विसं २०७३ मंसिर ८ गते शिलान्यास भएको खेल मैदान करिब १० महिनाको अवधिमा बनेको हो। 

सोही मैदानमा ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७४’ को प्रधान सेनापति क्षत्रीले समापन गरे। सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेनासँग लामो समयदेखि आबद्ध भई विभिन्न खेलमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै उत्कृष्ट खेलाडी उत्पादनमा खटिएका कबड्डी, सुटिङ तथा ह्याण्डबलका प्रशिक्षक तीन तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्याएका नेपाली सेनाका अवकाशप्राप्त खेलाडी १० जनालाई सम्मान गरेका थिए। 

कार्यक्रममा म्याराथन र १० किलोमिटर दौडमा प्रथम भएका दुई धावक कृष्ण बस्नेत र लालबहादुर थापालाई ‘नीरशम्शेर जबरा पुरस्कार’ दिइनाका साथै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल धावक सोमबहादुर कुमाल र तेक्वान्दो खेलाडी ज्ञानी चुनारालाई ‘अजेयबल ट्रफी’ प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell