PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

लण्डनको भूमिगत रेलमा विष्फोट, १८ जना घाइते



पहिलोपोस्ट

लण्डनको भूमिगत रेलमा विष्फोट, १८ जना घाइते

बीबीसीः दक्षिण पश्चिम लण्डनमा शुक्रबार व्यस्त समयमा रेलमा आतंकवादी आक्रमण भएको छ।

मेट्रोपोलिटन प्रहरीका सहायक कमिस्नर मार्क रोलीले विस्फोट गराइएको वस्तु ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ (आइइडी) भएको बताए।
घटनामा घाइते भएका १८ जनालाई उपचारका लागि लगिएको छ।

तीमध्ये अधिकांशलाई विस्फोटक पदार्थ पड्किएपछिको आगोले पोलेको बताइएको छ। 

प्रधानमन्त्री टरिजा मेले ट्वीट गर्दै घाइते र आपत्कालीन सेवामा खटिएकाप्रति सहानुभूति प्रकट गरेकी छन्।

लण्डनका मेयर सादिक खानले संयमका लागि अपील गरेका छन्।

ब्रिटेनमा गएको नौ महिनाभित्र यो पाँचौं आतंकवादी घटना हो। यसमा कसैको पनि ज्यान गएको छैन। यसअघिकाे हमलाहरुमा ३६ जनाको ज्यान गइसकेकाे छ।

गत मार्चमा लण्डनको वेस्टमिन्स्टरस्थित संसद भवन बाहिर गरिएको हमलामा पाँच जनाको ज्यान गएको थियो।

त्यसपछि मे महिनामा लण्डन बाहिर म्यान्चेस्टर एरेनामा गरिएको एक आत्मघाती बम हमलामा २२ जनाको ज्यान गएको थियो।

जुनकाे पहिलो सातामा मध्य लण्डनस्थित लण्डनब्रिज र बरो मार्केटमा तीन जना हमलाकारीले बाटोमा हिँडिरहेका मानिसहरुमाथि भ्यान लगेर ठाेकाएका थिए। त्यस लगत्तै उनीहरुले नजीकैको बरो मार्केटमा मानिसहरुमाथि छुरा प्रहार गरे। सो घटनामा आठ जनाको ज्यान गयो।

सोही महिनामा लण्डनको फिन्सबेरी पार्क मस्जीदमा गरिएको हमलामा एक जनाको ज्यान गयो। यसबाहेक ब्रिटिश प्रहरीले ६ वटा संभाव्य आतंकवादी हमलाहरुलाई असफल पारीदिएको जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell