PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

ब्राउन सुगरसहित दाङमा एक जना पक्राउ 



पहिलोपोस्ट

ब्राउन सुगरसहित दाङमा एक जना पक्राउ 

दाङ : प्रहरीले दाङमा तीन ग्राम ९०० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। 

प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार गढवा–४ का अनिल पछाईलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो। 

ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पछाईलाई उनले प्रयोग गरेको रा ३ प ८२७९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell