PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

रसियाले भन्यो–उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले स्थिति थप तनावग्रस्त



पहिलोपोस्ट

रसियाले भन्यो–उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणले स्थिति थप तनावग्रस्त

मस्को : रसियाले उत्तर कोरियाले शुक्रबार गरेको क्षेप्यास्त्र परीक्षणको कडा शब्दमा निन्दा गरेको छ। 

रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले यस्ता गतिविधिले कोरियाली प्रायद्वीपमा थप तनाव बढ्ने बताएका छन्। 

उनलाई उद्धृत गर्दै समाचार संस्थाले भनेको छ, ‘रसिया यस्ता उत्तेजक गतिविधिबाट चिन्तित बनेको र यसले कोरियाली प्रायद्वीपमा थप तनाव सिर्जना गर्छ।’

उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्रलाई शुक्रबार जापानको आकासमा हानेको थियो। 

अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसङ्घको बारम्बारको चेतावनीसमेत बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको उत्तर कोरियाले पुनः ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो। 

उत्तर कोरियाले गएको सेप्टेम्बर ३ मा अत्यन्तै शक्तिशाली हाइड्रोजन बम मिश्रित मिसाइल हानेको थियो। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell