PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

जिल्ला अस्पताल जाजरकोटमा २४सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा



पहिलोपोस्ट

जिल्ला अस्पताल जाजरकोटमा २४सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा
फोटो श्रोतःframepool.com

जाजरकोट :  जाजरकोट जिल्ला अस्पतालमा शुक्रबारदेखि २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ। 

सांसद शक्तिबहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गरी सेवा सुरु गरिएको हो। 

जाजरकोटमा सुत्केरी सेवा नहुँदा हजारौं खर्च गरेर जिल्ला बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ। 

कर्णाली विज्ञान प्रतिष्ठानका चिकित्सकले अस्पतालमा सेवा दिनेछन्। 

कार्यक्रममा बस्नेतले स्वास्थ्य सेवाम व्यापक सुधार गर्नु पर्नेमा जोड दिँदै निकै ठूलो मेहनतपछि सेवा विस्तार गरिएकाले सबैलाई सहयोग गर्न आग्रह गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell