PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

रक्षामन्त्री प्रधानको प्रस्तावः ७० वर्ष कटेकालाई टिकट नदिउँ



पहिलोपोस्ट

रक्षामन्त्री प्रधानको प्रस्तावः ७० वर्ष कटेकालाई टिकट नदिउँ

काठमाडौं :  रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर काटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने बताएका छन्। 

काठमाडौंको धनेश्वरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा रक्षामन्त्री प्रधानले युवालाई राजनीतिमा अवसर दिन पनि ७० वर्ष उमेरपछि नेताले चुनाव लड्न नपाउने कानुनी रुपमै व्यवस्था गर्नुपर्ने बताए।

उनले भने,‘हामीले आफूले मात्र सधैभरि अवसर लिने प्रचलनलाई छाड्नुपर्छ, दुई पटकभन्दा बढी र ७० वर्षपछि पनि चुनाव लड्ने परिपाटीलाई बदल्नुपर्छ।’

प्रधानले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थितरता आउने बताए। 

राजनीतिक स्थितरतासँगै देशले आर्थिक समृद्धि गर्ने बताउँदै उनले आर्थिक समृद्धिले मात्र देशमा शान्ति स्थापना हुने उल्लेख गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell