PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल निर्माण हुने, प्रधानमन्त्रीले गरे शिलान्यास



पहिलोपोस्ट

उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल निर्माण हुने, प्रधानमन्त्रीले गरे शिलान्यास

उदयपुर :  उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशीमा पुल निर्माण हुने भएको छ।
पुलको आज प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन्। 

सो अवसरमा प्रधानमन्त्री देउवाले पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताए। 

उनले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाईसमेत पुलले भविष्यमा ठूलो टेवा पुर्याउने र यसलाई अब सबैले सकारात्मक रुपमा लिनुपर्ने बताए। 

पुलको लम्बाइ २०० मिटर र चौडाइ साढे दश मिटर रहने चौदण्डी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङले जानकारी दिए। 

पुल २२ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने भएको हो। पुल निर्माणको रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाँैले ठेक्का पाएको छ। 

२०७६ साल चैतमा पुल निर्माण कार्य पूरा हुने बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell