PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

किन बढ्दैछ कपिलवस्तुमा एचआइभी संक्रमितको संख्या ?



पहिलोपोस्ट

किन बढ्दैछ कपिलवस्तुमा एचआइभी संक्रमितको संख्या ?

कपिलवस्तुः कपिलवस्तु जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढेको छ। 

हिजोआज एचआइभी संक्रमित विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो। 

आर्थिक वर्ष २०७३/७४ मा एक सय तीनजना एचआइभी संक्रमित फेला परेका छन्। अघिल्लो वर्षको तुलनामा ५२ जना एचआइभी संक्रमित थपिएका हुन्। 

आर्थिक वर्ष २०७२/७३ मा जम्मा ५१ जना एचआइभी संक्रमित रहेको यस जिल्लामा त्यो संख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका तथ्यांक सहायक राजन पहाडीले जानकारी दिए। 

जिल्लामा हाल ३५२ जनाले एआरटी औषधि लिइरहेका पहाडीले जानकारी बताए। समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा परामर्श तथा उपचारका लागि जाने क्रम बढ्न थालेको पहाडीको भनाइ छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell