PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

भारत नियन्त्रित काश्मिरमा गोली हानाहान, कम्तीमा दुई जनाको मृत्यु



पहिलोपोस्ट

भारत नियन्त्रित काश्मिरमा गोली हानाहान, कम्तीमा दुई जनाको मृत्यु

श्रीनगरः भारत नियन्त्रित काश्मिरमा शनिबार भएको गोली हानाहानमा कम्तीमा दुई लडाकूको मृत्यु भएको छ। 

श्रीनगरदेखि १६५ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने कुप्वारा जिल्लामा भएको गोली हानाहानमा उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। 

लडाकूहरु भारत नियन्त्रित कश्मिरको भित्री भागमा घुसपैठ गर्ने प्रयास गरेकाले उनीहरु माथी कारबाही गरिएको भारतीय सेनाका प्रवक्ता कोल राजेश कालियाले जानकारी दिए। 

उनले भने,‘आज हाम्रो सुरक्षा फौज माचिल क्षेत्रमा गएको थियो, घुसपैठ गर्न खोज्ने लडाकूहरुलाई सुरक्षा फौजले कारबाही गरेको छ।’

उनका अनुसार घटनास्थल क्षेत्रमा अहिले पनि सुरक्षा कारबाही जारी छ। हिमाली क्षेत्र काश्मिर भारत र पाकिस्तानमा विभाजित छ। दुवै पक्षले सो ठाउँ आफ्नो भएको दावी गर्दै आएका छन्। रासस÷सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell