PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

सीमा नाका ७२ घण्टाका लागि बन्द, पैदलयात्रु आवतजावतमासमेत कडाई



पहिलोपोस्ट

सीमा नाका ७२ घण्टाका लागि बन्द, पैदलयात्रु  आवतजावतमासमेत कडाई
फाइल फोटो

वीरगञ्जः  तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै शनिबार बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अतिआवश्यक सेवाबाहेक अन्य बाहनलाई आवतजावतमा रोक लगाइएको छ भने नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ आउने सवारी साधनबाहेक पैदल यात्रुलाई कडाइका साथ जाँच गरी आवतजावत गर्न दिएको छ। 

एम्बुलेन्स र पेट्रोलियम गाडी तथा भारतबाट रेलमार्ग हुँदै अलौँस्थित सुक्खा बन्दरगाहसम्म रेल तथा कन्टेनरलाई सामानसहित आवतजावत गर्न दिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए। 

यसैगरी नेपाल–भारतको सीमाक्षेत्रअन्तर्गत पर्साको इनर्वा, पगेना, बलरामपुर, भेलाई, सिंकटा ,नरकटियागन्ज तथा बाराको आदापुर, घोडासहन, छोरादानो लगायतका नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। 

पैदल यात्री, बिमारी बोकेको एम्बुलेन्स तथा अतिआवश्यक कामबाहेकका कसैलाई पनि आवतजावत दिएको छैन।  

केही दिनअघि नेपाल–भारतका सुरक्षा अधिकारीको वीरगञ्जमा भएको नेपाल–भारत संयुक्त बैठकले प्रदेश नं २ हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न भारतीय सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएअनुरुप भारतीय अधिकारी पनि आफ्नो नाकामा कडाइ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell