PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

बाराका एमाले उम्मेदवारको नागरिकता खारेज



राधेश्याम पटेल

बाराका एमाले उम्मेदवारको नागरिकता खारेज

वीरगञ्ज : बाराका एक जना एमाले उम्मेदवारको नागरिकता खारेज भएको छ। दोहोरो नागरिकता लिएको कारण निजगढ वडा नम्बर ४ मा अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएका जयराम कुनवरको नागरिकता जिल्ला प्रशासन कार्यालय बाराले खारेज गरेको हो।

कुनवरले २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत् निजगढ–४ बाट लिएको नागरिकता खारेज भएको हो। कुनवरले यसअघि २०६० वैशाख १४ गते पहिलो पटक इलाका प्रशासन कार्यालयबाट जयराम कुँवरको नाममा ९६७३ नम्बरको नागरिकता लिएका थिए।

उम्मेदवारी दर्ता गराउँदा पेश गरेको नागरिकता खारेज भएपछि उनको उम्मेदवारी खारेज हुन्छ कि हुन्न भने प्रश्नमा जिल्ला निर्वाचन कार्यालय बाराले निर्वाचन आयोगमा जानकारी गराएको र उनको उम्मेदवारीको सवालमा नियमसंगत कारवाही गर्ने निर्णय गर्ने बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell