PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

एसीसी यू–१९ क्रिकेटः उपाधिका लागि नेपाल र हङकङ भिड्दै



पहिलोपोस्ट

एसीसी यू–१९ क्रिकेटः उपाधिका लागि नेपाल र हङकङ भिड्दै
तस्बिर : रंगशाला नेपाल

काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र हङकङबीच खेल भइरहेको छ। मलेसियाको किन्नारा ओभलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। नेपालले पहिलो ओभरमा नै सफलता पाएको छ।  

१३ औँ ओभरको खेलसम्म नेपालले तीन विकेट लिएको छ। अनिलकुमार साह र साहव अलामले नेपालका लागि एक÷एक विकेट लिएका छन्। 

यो समाचार तयार पार्दासम्म हङकङले १४ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ४६ रन बनाएको छ।

शनिबार भएको सेमिफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell