PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

चार वर्षपछि ममिता आइन् नेपाल, भन्छिन्- 'जब-जब भोट होला, हम आवेनी'



राधेश्याम पटेल

चार वर्षपछि ममिता आइन् नेपाल, भन्छिन्- 'जब-जब भोट होला, हम आवेनी'

वीरगञ्ज : नेपाल–भारत सीमा नाका शनिबारदेखि बन्द गरिएको छ। सीमा बन्दसँगै भारतमा रहेका नेपाली मतदाता आउन शुरु भएको छ।

काम, घुमफिर गर्न भारत पुगेका बिहे गरी गएका मतदाताहरु नेपाल आउने क्रम शुुरु भएकाे हो। यस्तै एक जना मतदातासँग रक्सौल–वीरगञ्ज नाकामा भेट भयो शनिबार दिउँसो।

वीरगञ्ज–२० अपौनी माइत भएकी ममितादेवी पडित दुई छोरी,पतिसँगै पैदल सीमा काटिरहेकी थिइन्। जन्मभूमि फर्केका कारण पनि अनुहारमा चमक देखिन्थ्यो।

चार वर्षपछि उनी नेपाल आएकी थिइन्। योभन्दा पहिले २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा भोट दिएर पुनः भारत गएको सुनाइन्।

‘जब-जब भोट होला, हम आवेनी (जब-जब भोट हुन्छ ,म आउँछु),’ उनले भनिन्, ‘घरके लोग फोन करके बोलावेला ,बाँकी समय नइहर दुर भइलासे नाआवेसकेनी ’(घरबाट फोन गरी भोट छ भनी बोलाउँछन्, अरु समयमा मेरो घर टाढा भएकोले आउन सक्दिनँ)।

विहार, पूर्वी चम्पारण पञ्चभेडिया घर भएका पति सुरेश पण्डितले मुख खोले, 'पत्नी, बच्चासँग लामो समयपछि ससुरालीमा विशेष आतिथ्यता हुने कुराले मन गदगद भएको छ।'

भोटकै कारण ममिता माइती परिवारसँग भेटघाटको अवसर मिलिरहेकोमा खुशी छन्। फेरि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि पनि उनीहरु नेपाल आउने छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell