PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

जाजरकोटमा माओवादीले उम्मेद्वारको टुंगो लगायो, प्रतिनिधि सभामा पूर्व गृहमन्त्री बस्नेत



पहिलोपोस्ट

जाजरकोटमा माओवादीले उम्मेद्वारको टुंगो लगायो, प्रतिनिधि सभामा पूर्व गृहमन्त्री बस्नेत

जाजरकोट : नेकपा माओवादी केन्द्र जाजरकोटले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको चुनावमा भाग लिनका लागि जाजरकोटबाट उम्मेद्वारको टुंगो लगाएको छ। 

माओवादीले प्रदेश सभाका लागि जाजरकोट क्षेत्र नं १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नं २ बाट नरबहादुर कार्कीलाई उम्मेद्वार बनाउने निर्णय भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य कालीबहादुर मल्लले बताए। 

त्यस्तै प्रतिनिधि सभाका लागि पूर्व गृहमन्त्री तथा क्षेत्र नं १ का सांसद शक्तिबहादुर बस्नेतलाई उम्मेद्वार बनाएको छ। प्रदेश नं ६ मा पर्ने जाजरकोट जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र कायम गरिएको छ। यसअघि दुई निर्वाचन क्षेत्र थिए। प्रदेश सभा सदस्यका लागि भने दुई निर्वाचन क्षेत्र कायम गरिएको छ। 

विसं २०४८ देखि अहिलेसम्म जिल्लामा दोहोरिएर कुनै उम्मेदवारले जितेको रेकर्ड छैन। २०४८ सालमा एकमा कांग्रेस र अर्कोमा एमाले, २०५१ सालमा दुवै सिट काँग्रेस, २०५६ सालको चुनावमा एकमा राप्रपा, पहिलो संविधान सभाको चुनावमा दुवै क्षेत्र माओवादी केन्द्र, दोस्रो संविधान सभामा क्षेत्र नं १ मा माओवादी केन्द्र र क्षेत्र नं २मा कांग्रेसले जितेको थियो। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell