PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

इजिप्टका पूर्व राष्ट्रपति मोर्सीलाई आजीवन काराबासको सजाय



पहिलोपोस्ट

इजिप्टका पूर्व राष्ट्रपति मोर्सीलाई आजीवन काराबासको सजाय

काएरो : इजिप्टको अदालतले जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सीलार्इ आजीवन काराबास सम्बन्धी यसअघिको आदेश सदर गरेको छ।

उच्च अदालतले (पुनरावेदन) पूर्व राष्ट्रपतिको पुनरावेदनलाई अस्वीकार गर्दै यो नै अन्तिम तथा पुनरावेदन गर्न नमिल्ने निर्णय भएको बताएको, यहाँको राज्य संचालित मेना न्युज एजेन्सीले जनाएको छ।

मोर्सीलाई कतारसँग जासुसी गरेको अभियोग लगाई यसअघि काराबासको सजाय सुनाइएको थियो। अदालतको आदेशमाथि मोर्सीले पुनरावेदन गरेका थिए।

इजिप्टको कानुनअनुसार आजीवन कारावासको सजाय २५ वर्ष हुने गर्छ।

अदालतले शनिबारै एक अर्को निर्णयमार्फत मुश्लिम ब्रदरहुड समूहका तीन महत्वपूर्ण नेतालाई मृत्यदण्डको फैसला सुनाएको छ। रासस/पीटीआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell