PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

हङकङले दियो ७७ रनको लक्ष्य, सन्दीप र साहबले लिए तीन–तीन विकेट



पहिलोपोस्ट

हङकङले दियो ७७ रनको लक्ष्य, सन्दीप र साहबले लिए तीन–तीन विकेट

काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि हङकङले नेपाललाई ७७ रनको चुनौती दिएकाे छ। मलेसियाको किन्नारा ओभलमा टस हारेर व्याटिङको निम्तो पाएको हङकङ ३२.१ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको हो। 

हङकङका लागि ओपनर हरप्रित सिंहले सर्वाधिक २० रन बनाए। मध्यक्रम र अन्तिमका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकसमेत बनाउन सकेनन्। 

बलिङतर्फ नेपालका साहब अलाम र सन्दीप लामिछानेले तीन/तीन विकेट लिए। यस्तै, अनिलकुमार साह र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए। 

नेपाल यू –१९ क्रिकेटमा सातौँ पटक फाइनलमा पुगेको हो। यसमध्ये नेपालले चार पटक उपाधि जितिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell