PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

नेपाल पाँचौँ पटक बन्यो एसीसी यू–१९ च्याम्पियन, हङकङ ५ विकेटले पराजित 



पहिलोपोस्ट

नेपाल पाँचौँ पटक बन्यो एसीसी यू–१९ च्याम्पियन, हङकङ ५ विकेटले पराजित 
तस्बिर : एसीसी

काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटकाे उपाधि नेपालले जितेको छ। हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल पाँचौँ पटक च्याम्पियन बनेको हो। हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा पूरा गरेको थियाे। 

प्रनीत थापा मगरले १४ औँ ओभरमा लगातार दुई छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे। 

नेपालको इनिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन बनाए। यस्तै, ओपनर सन्दीप सुनारले १९ र अनिलकुमार साहले १६ रनको योगदान दिए। 

नेपालले १४ औँ ओभरमा दुई विकेट गुमाएको थियो। बलिङतर्फ हङकङकका करनदीप सिंहले तीन विकट लिए। 

यसअघि मलेसियाको किन्नारा ओभलमा टस हारेर व्याटिङको निम्तो पाएको हङकङले ३२‍‍.१ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको थियो। 

हङकङका लागि ओपनर हरप्रित सिंहले सर्वाधिक २० रन बनाए। मध्यक्रम र अन्तिमका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। 

बलिङतर्फ नेपालका साहब अलाम र सन्दीप लामिछानेले तीनरतीन विकेट लिए। यस्तै, अनिलकुमार साह र दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए। हङकङका दुई ब्याट्सम्यान रनआउट भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell