
म्यानमार : पश्चिमी म्यानमारको हिंसाले रोहिङ्ग्या मुसलमान भागेर बङ्गलादेश पुगेपछि हवाई क्षेत्र उल्लङ्घन गरेकाे भन्दै म्यानमारका राजदूतसँग सोधपुछ गरिएकाे छ।
म्यानमार राष्ट्रपतिका प्रवक्ताले आकाशमा हवाई क्षेत्रको कुनै किसिमले पनि अतिक्रमण भएको प्रमाण नमिलेको बताएका छन्।
उनले बङ्गलादेशबाट सार्वजनिक रूपमा सूचना जारी गरेको विषयले चिन्तित बनाएको बताए।
म्यानमारमा पछिल्ला केही हप्ता यता भड्किएका हिंसाका कारण यहाँबाट पलायन भएर करिब चार लाख रोहिङ्ग्या मुसलमान बङ्गलादेश पुगी शरणार्थी शिविरमा बस्दै आएका छन्।
केही भारत तथा नेपाल पनि पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
बङ्गलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी म्यानमारको मानवरहित विमान तथा हेलिकप्टरले गत आइतबार, मङ्गलबार तथा बिहीबार अनुमति विना आफ्नो आकाशमा उडेको दावी गरेको थियो।
शुक्रबार नै ढाकाले यस बिषयलाई गम्भीर रूपमा लिँदै म्यानमारका राजदूतलाई विरोध पत्र दिएको थियो। ढाकाले उत्तेजनाबाट अघि बढेमा यसको परिणाम गम्भीर हुनसक्ने पत्रमा लेखेको छ। रासस/ सिन्ह्वा