PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

ट्रान्समिटर मर्मत नहुँदा गुल्मीको मुसिकोटमा दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध



पहिलोपोस्ट

गुल्मी : दुई महिनादेखि अवरुद्ध रहेको परोपकार सहकारी जलविद्युत् परियोजनाको विद्युत् सेवा अझै सञ्चालन हुन सकेको छैन। 

परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजनाअन्तर्गत रहेको मुसिकोट नगरपालिका–१ पौदीअमराईमा असार २९ गते जलेर अवरुद्ध बनेको ५० केभीको ट्रान्समिटर मर्मत नहुँदा समस्या भएको हो।

विद्युत् सेवा अवरुद्ध भएसँगै करिब ३५० घर धुरीका उपभोक्ता दुई महिनादेखि प्रभावित भएका छन्।

विद्युत्को ट्रान्समिटर चेकजाँच र विद्युत् सञ्चालन गराउनका लागि भोलिसम्म इन्जिनियर आइपुग्ने र त्यसपछि ट्रान्समिटर जाँच, प्राविधिक समस्या समाधान गर्ने र विद्युत् सेवा सञ्चालन हुने विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell