
भक्तपुर : चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ।
करेन्ट लागेर ट्रसमा विद्युतीकरणको काम गर्दै गरेका सिन्धुपाल्चोक तौथली– ५ का १९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएलगत्तै उपचारार्थ मध्यपुर अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस