PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

सेनाको हवाई आक्रमणमा यमनमा २० हुथी विद्रोहीको मृत्यु



पहिलोपोस्ट

सेनाको हवाई आक्रमणमा यमनमा २० हुथी विद्रोहीको मृत्यु
फोटो श्रोतः middleeastmonitor.com

सानाः साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा यमनमा कम्तीमा २० जना हुथी विद्रोही लडाकूको मृत्यु भएको छ। 

यमनको दक्षिणपश्चिमी सहर मेदीमा २४ घण्टामा भएको कारबाहीमा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। 

सरकारी पक्षबाट जारी वक्तव्यमा अरु दश जना विद्रोही लडाकू घाइते भएको उल्लेख गरिएको छ। 

गठबन्धन सेनाले सहरको रेड सी क्षेत्रमा विषेश चासोका साथ कारबाही प्रक्रिया अगाडि बढाएको छ। 

शुक्रबार विहान सुरु भएको सुरक्षा कारबाही शनिबार विहानसम्म चलेको थियो। 

कारबाहीका क्रममा भएको भिडन्तमा परी सुरक्षाकर्मीतर्फका चार जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका सरकारी पक्षले जनाएको छ। 

घटनास्थल मेदी भन्ने ठाउँ साउदी अरबसँगको सिमानामा पर्दछ। कम्तीमा पनि दुई वर्षदेखि त्यस क्षेत्रमा सरकारी सेना र विद्रोही लडाकूकाबीचमा दैनिक भिडन्त हुने गर्दछ।सिन्ह्वा/रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell