PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

अझै बुझाएनन् पाँच हजार कर्मचारीले सम्पत्ति विवरण, नबुझाउनेमा संसद सेवाका पनि 



पहिलोपोस्ट

अझै बुझाएनन् पाँच हजार कर्मचारीले सम्पत्ति विवरण, नबुझाउनेमा संसद सेवाका पनि 
फोटो श्रोतः pis.gov.np

काठमाडौंः चालु आर्थिक वर्षमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्। 

८६ हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएका निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन्। सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो। 

निजामती किताबखानाले गत भदौ २८ गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन समय तोकेको थियो। अघिल्लो आर्थिक वर्षमा भने ७८ हजार ५८ कर्मचारीले विवरण बुझाएका थिए। 

किताबखानामा आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र कर्मचारीले अनिवार्य रुपमा निजामती सेवा ऐनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ।
 
गत साउन १ देखि भदौ २८ गतेभित्र कर्मचारीले गत आर्थिक वर्षको सम्पत्ति विवरण बुझाएका थिए। 

किताबखानाले विशेष र काबु बाहिरको स्थितिका लागि भने अझै ३० दिन समय तोकेको छ। सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० अनुसार पाँच हजार जरिवाना गरिन्छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell