PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

ऋषि धमलाकी पत्नीको हिरोले छोडे फिल्म 'अनुराग'



पहिलोपोस्ट

ऋषि धमलाकी पत्नीको हिरोले छोडे फिल्म 'अनुराग'

काठमाडौं: पत्रकार ऋषि धमलाकी श्रीमतीको निर्माण तथा मुख्य अभिनय रहने भनिएको फिल्म 'अनुराग'मा घोषित नायक दीपक घिमिरे निस्किएका छन्। नेपालको पहिलो अन्तराष्ट्रिय पुरुष मोडल रहेको दाबी गर्ने उनी एलिजाको अपोजिटमा देखिने भनिएको थियो। उनले फिल्मबाट हात झिकेपछि फिल्म युनिट नयाँ नायकको खोजिमा छ।

पहिलोपोस्टसँग कुरा गर्दै दीपकले भने,'फिल्म फ्लोरमा निस्कने समयमै अमेरिकामा मैले सहमति गरिसकेको फेशन शो पर्ने भयो। त्यसैले फिल्म टिमसँगको सल्लाहमा नै निस्किएँ।' उनले फिल्म युनिटसँग सुटिङ पोस्टपोन्डको लागि आग्रह गरेको थियो। तर फिल्मको सुटिङ तोकिएकै समयमा हुने भएपछि उनले टिमसँग काम गर्न नपाउने भएका हुन्। आउदो अक्टोबरमा दीपक अमेरिकाकाे टेक्सास र न्यूयोर्कमा हुने र्‍याम्प कार्यक्रममा जाँदैछन्।

एरिका फिल्मस ब्यानरमा बन्ने फिल्म अनुरागलाई सत्यराज चौलागाईले निर्देशन गर्दैछन्। किरण दाहालले लेखेको फिल्ममा पटकथा र संवाद निर्देशक सत्यराज साथै आगत केसीले लेखेका हुन्। फिल्ममा सरोज खनाल, रुपा राणा, एलिजा गौतमको मुख्य अभिनय रहनेछ। आउँदो वर्षको वैशाखमा रिलिज टार्गेट गरेको फिल्म युनिट छठ पछाडि मात्र छायांकनको लागि फ्लोरमा उत्रनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell