काठमाडौं : केही समय यता फिल्मदेखि म्युजिक भिडियोसम्ममा प्रियंका कार्कीको फिचरिङ देखिन्छ। व्यवसायिक रुपमा सफल रहेकी अभिनेत्री कार्कीले दोहोरी गीतमा पनि मोडलिङ गरेकी छिन्। उनको पहिलो लोकदोहोरी गीति भिडियो ‘नसोध कसैले’ सार्वजनिक भएको छ।
नवीन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिवन भट्टराई र प्रियंका कार्कीको फिचरिङ देख्न सकिन्छ। लोकदोहोरी क्षेत्रमा सक्रिय गीतकार तथा संगीतकार शिब सुवेदीको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन्। राजिब समीरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन खिचेका हुन्।
फिनल्याण्डमा बस्दै आएका गायक नवीन भट्टराईको यो दोश्रो गीत हो। शिब सुवेदीका घामजस्तो चम्किलो जुन हुँदैन, आमा तिम्रो दुधको भारा, कल्पनामै भएनी, खै हाम्रो दिलमा त, तिम्रै झल्को दियोलगायत गीतहरु सार्वजनिक छन्।