
काठमाडौं: ‘मिस एभरेष्ट नेपाल २०१७' उपाधी दिप्ती श्रेष्ठले जितेकी छिन्। सौन्दर्य प्रतियोगितको दोश्रो संस्करणमा १२ प्रतिस्पर्धीलाई पछि पार्दै मिस एभरेष्ट नेपाल दिप्ती श्रेष्ठ भएकी हुन्। प्रतियोगितामा दिप्ती न्यौपाने फ्रस्ट रनर्स अप र अन्जिता कँडेल सेकेन्ड रनर्स अप घोषित भए।
कार्यक्रममा मिस डिसिप्लेन अलिशा डागी, बेस्ट वाक र मिस पङ्चुअल सिफरा मगर, बेस्ट हेयर पासाङ ल्याम्हु शेर्पा, मिस पर्सनालिटि रितिका डंगोल, बेस्ट स्माईल सोनु गिरी, बेस्ट स्किन आस्मा के.सी., मिस बब्ली र मिस पपुलर अन्जिता कडेल, मिस कन्फिडेन्ट दिप्ती न्यौपाने, मिस फोटोजेनिक र मिस स्टाईलिस दिप्ती श्रेष्ठ, मिस ट्यालेन्ट सुचित्रा कार्की, मिस फ्रन्डशिप वर्षा लामिछाने र अर्गनाईजर च्वाइस अनिषा तामाङले जिते।
भवानी इन्टरटेन्मेन्टले आयोजनामा शनिबार काठमाडौंमा सम्पन्न उक्त कार्यक्रमको फिनालेमा नायक तथा गायक कोशिस क्षेत्री, मोडल लभिन अन्सारी, अलिना धोजु, दिक्पाल कार्की र सावित्री ढुंगानाले निर्णायक रहेका थिए। सगुन पाण्डेको कोरियोग्राफी तथा संयोजनमा कुल १२ जना प्रतियोगीहरुलाई १ महिनाभर प्रशिक्षण तथा विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी गराइएको आयोजकले जानकारी दिए।