PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

लण्डन प्रहरीद्वारा रेल हमलाका शंकास्पद एक जना पक्राउ



पहिलोपोस्ट

लण्डन प्रहरीद्वारा रेल हमलाका शंकास्पद एक जना पक्राउ
फोटो श्रोतः abc.net.au

लण्डनः लण्डन प्रहरीले रेल आक्रमणका एक जना शंकास्पद व्यक्ति पक्राउ गरेको छ। 

प्रहरीले रेलमा भएको हमलामा संलग्नमध्ये चार जनाको खोजी गरिरहेको छ। एक जनालाई शनिबार राति लण्डनमा पक्राउ गरिएको जानकारी प्रहरीले दिएको हो। 

ती व्यक्तिलाई लण्डनको पश्चिमी भाग हाउन्स्लोमा पक्राउ गरिएको हो। लण्डनको पार्सन्स ग्रिन स्टेशन्समा शुक्रबार रेलमाथि हमला गरिएको थियो। हमलामा परी कम्तीमा पनि ३० जना घाइते भएका थिए।

लण्डन प्रहरीले त्यसलाई आतङ्ककारी हमला भनेको छ। क्षति सानो भए पनि त्यो आतङ्ककारी हमला नै थियो भन्दै प्रहरीले ती हमलाकारीहरुको खोजी गरिरहेको जनाएको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell