PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चितवनमा नेकपाका कार्यकर्ताले इन्जिनियरलाई कालोमोसो दले



राजेन्द्र आचार्य

चितवनमा नेकपाका कार्यकर्ताले इन्जिनियरलाई कालोमोसो दले

चितवनः नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताल चितवनको रत्ननगर नगरपालिकाका  योजना शाखा प्रमुख इन्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कालोमोसो दलेका छन्। 

भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरुले आज  इन्जिनियनर  ढुंगानालाई कार्यकक्षमै गएर कालोमोसो दलेका हुन्।  

 उनीमाथि परियोजना र संस्थागत वजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीवाट कमिसन लिने गरेको र एेलानी जग्गालाई भूमाफियासँग मिलेर जग्गा दलालको नाममा पास गरेको लगायतका आरोप लगाइएको छ।

पटक पटक यस्ता काम रोक्न आग्रह गर्दा पनि इन्जिनियर ढुंगानाले अटेर गरेपछि कारवाही स्वरुप मोविल दलेको नेकपाले जनाएको छ। 

 इन्जिनियनर ढुंगानाले भने पटक पटक आफूसँग चन्दा मागेको तर नदिएपछि   दुव्र्यवहार गरेको बताए । उनले  भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन चुनौतीसमेत दिएका छन्।  

घटना संलग्न नेकपाका कार्यकर्ताको खोजी भैरहेको चितवनका प्रहरी प्रमुख दीपक थापाले  जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell