PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बक्स अफिस कलेक्सन सुधार्दै 'सिमरन' : कंगना रनावतकाे तारिफ



पहिलोपोस्ट

 बक्स अफिस कलेक्सन सुधार्दै 'सिमरन' : कंगना रनावतकाे तारिफ

काठमाडौं : कंगना रनावतको फिल्म 'सिमरन' शुक्रबार सार्वजनिक भएसँगै समीक्षक, सामाजिक सञ्जाल, र दर्शकको राम्रो साथ पाएको छ।
 

रनावतको लिड रोल रहेको फिल्मले बक्स अफिस पनि कलेक्सन सुधार्दै गएको छ। फिल्मले पहिलो दिन दुई करोड चार लाखको मात्र व्यापार गरेको थियो। शनिबार फिल्मले ३४.७५ प्रतिशतले कलेक्सन वृद्धि गर्‍यो।

समीक्षक एवं वितरक तरण आदर्शको ट्विटअनुसार फिल्मले शनिबार तीन करोड ७६ लाखको व्यवसाय गरेको छ। यस फिल्मले अमेरिकामा रहेकी एक भारतीय महिलाको स्टोरी बताउँछ।

फिल्म हंसल मेहताले निर्देशन गरेका हुन्। टाइम्स अफ इन्डियाले फिल्मीलाई वर्ण विभेदमाथि बनेको बलियो आधार र कंगनाको भूमिकालाई उत्कृष्ट मानेको छ। समीक्षमा फिल्मलाई ३.५ स्टार दिइएको छ।

कंगना फिल्ममा हिरो रहेको बताउँदै टाइम्सअफ इन्डियाले बलिउडमा कंगना वादशाह भएको उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell