PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

सरकारको कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह



पहिलोपोस्ट

सरकारको कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका बारेमा छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सोमबार प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको निर्वाचन, त्यसको सुरक्षा तयारी तथा अन्य अत्यावश्कीय अवस्थाका बारेमा कुराकानी भएको थियो। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका विषयमा छलफल भएको छ। 

प्रधानमन्त्रीसँग प्रचण्डले सरकारको कामकारबाही प्रभावकारी बनाउन आग्रह गर्नुभएको प्रचण्डका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए।

यस्तै प्रधानमन्त्री देउवाले असोज ३ गतेदेखि संयुक्त राष्ट्र संघको महासभामा सहभागिताका लागि गर्न लागेको संयुक्त राज्य अमेरिकाको भ्रमणको विषय र नेपालले उठाउनुपर्ने विषयमासमेत छलफल भएको थियो। 

त्यस्तै प्रदेश र संघीय निर्वाचनको तयारीका विषयमासमेत सो अवसरमा सामान्य कुराकानी भएको बताइएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell