PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

दशैं तिहारमा यस्तो छ प्रहरीको सुरक्षा रणनीति



सविन ढकाल

दशैं तिहारमा यस्तो छ प्रहरीको सुरक्षा रणनीति

काठमाडौं : चार्डपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले आइतवारबाट लागू हुने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। दशैं तिहारका लागि प्रहरीले तीन तहको सुरक्षा योजना बनाएको छ।  

आइतवार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै दशैं, तिहार र छठको लागि विशेष सुरक्षा प्रबन्ध मिलाएको परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले बताए। एसएसपी धानुकले भने 'राजधानीमा जनघनत्व र चार्डपर्वलाई मध्यनगर गर्दै भरपर्दो सुरक्षा प्रबन्ध मिलाएका छौं।' 

चार्डपर्वलाई लक्षित गर्दै राजधानीमा करिब ३४ सय बर्दी र सादा पोशाकमा प्रहरी खटाइने एसएसपी धानुकले बताए। उनले भने, 'सुरक्षालाई मध्यनजर गर्दे राजधानी भित्रिने नाकामा विशेष तालिम प्राप्त कुकुर समेत परिचान गरिएको छ।'

दशैंमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गर्ने छ। ७५ जनाको मोटरसाइकल गस्ती, ३६ साइलक गस्ती र ३० मोटर गस्ती साइकल गस्ती र विभिन्न स्थानमा विभिन्न सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको धानुकले बताए। ११ स्थानमा प्रहरी सहायता कक्षसमेत खडा गरिएको छ। 

सुरक्षाको लागि शंकास्पद ४ सय स्थानमा सीसी क्यामरा समेत जडान गरिएको छ। सवारी साधनको भाडामा हुने ठगी, जुवातास खेलाउने, चोरीका घटना भए तत्काल प्रहरीलाई खबर गर्ने धानुकले आग्रह गरे। 

आर्थिक वर्ष २०७१\७२ दशैं तिहारको बीचमा राजधानीका ५ सय ७५ घटना घटे, २०७१\७२ यो सङख्या ५ सय ३८ मा घट्यो। गत वर्ष ५ सय ६५ वटा घटना भए। यो वर्ष भने यस्ता घटना न्युन हुने एसएसपी धानुको दावी छ। 

'सर्वसाधरणले शान्तिपूर्ण रुपमा दशैं तिहार मनाउने गरी सुरक्षा दिन्छौं,' उनले भने। राजधानीमा एक प्रहरीले १ हजार ६५ जनालाई सुरक्षा दिनुपर्नेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell