PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

सांस्कृतिक आदानप्रदानबाट नेपाल–चीन सम्बन्ध विस्तारः परराष्ट्रमन्त्री



पहिलोपोस्ट

सांस्कृतिक आदानप्रदानबाट नेपाल–चीन सम्बन्ध विस्तारः परराष्ट्रमन्त्री

काठमाडौंः  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानबाट द्विपक्षीय सम्बन्ध प्रगाढ बन्दै जाने बताएका छन्। 

नेपालस्थित चिनियाँ दूतावासले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद् स्थापना भएदेखि द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन ठूलो प्रयास भएको बताए।

चिनियाँ नयाँ वर्षमा हुँदै आएको शैक्षिक प्रदर्शनी तथा अन्य कार्यक्रमले जनस्तरको सम्बन्ध विस्तार गर्नमा सहयोग पुगेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमबाट मुलुकको पर्यटन विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे। 

दुई देशबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धमा महत्वपूर्ण योगदान पुगेको भन्दै महराले भने,‘चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमण हुँदा हामीले संयुक्तरुपमा थालनी गरेको पुनःनिर्माण कार्यले सार्थकता पाउनेछ।’

नेपाल र चीनबीच सम्झौता भएको एक क्षेत्र एक मार्गमार्फत नेपालको सडक पूर्वाधार तथा नेपालमा रेल सेवा विस्तार गर्न संयोग पुग्ने परराष्ट्र मन्त्री महराको विश्वास थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell