PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मेयर रेणुले व्याटिङमा सिएमसी अन्तर वडा मेयर कप क्रिकेट उद्घाटन



पहिलोपोस्ट

मेयर रेणुले व्याटिङमा सिएमसी अन्तर वडा मेयर कप क्रिकेट उद्घाटन

चितवन : सिएमसी अन्तर वडा मेयर कप क्रिकेट प्रतियोगिता आईतबार उद्घाटन भएको छ। आतिथ्यमा रहेका भरतपुर महानगरपालीकाकी मेयर रेनु दाहालको व्याटिङ र समाजसेवी ममता न्यौपानेले बलिङ गरी प्रतियोगिताको उद्घाटन गरेको थिए।

भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा चितवानका नेपाली कांग्रेस नेता मिलनबाबु श्रेष्ठ, मध्यामाञ्चल क्षेत्रीय खेलकुल बिकास समिति उपाध्यक्ष परमेश्वर खनालको पनि अतिथी रहेका थिए।

समारोहमा बोल्दै दाहालले खेलकुद स्वास्थ्य र मान्छेलार्इ महत्वपुर्ण हुने बताउदै आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।

युवापुस्तामा लोकप्रिय बनेको क्रिकेटले देशलाई अन्तराष्ट्रिय माझमा चिनाएकोमा खुसी व्यक्त गरेका छन्। यसैगरी न्यौपानेले सिएमसी हस्पिटलले सामाज सेवा साथै खेलकुदलाई प्रोत्साहन गर्न कार्यक्रमलाई प्रायोजन गरेको बताए। नेपाली कांग्रेस नेता श्रेष्ठले खेलकुदले सबैलाई जोडने हुँदा यसमा राजनिति हुनु नहुने बताउदै यस प्रतियोगिता सफल बनाउन अनुरोध गरेका छन्।

आईतबार भरतपुर महानगरपालिकाका ९ नम्बर वडा र १० नम्बर वडाबीच उद्घाटन खेल भएको थियो। यस खेलमा १० नम्बर वडा बिजयी भए थियो।

प्रतियोगितामा अहिलेसम्म १८ वटा वडाले सहभागिता जनाएको र अन्य समुह थपिने क्लबका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell